हेटौंडा / मकवानपुर प्रहरीले ९ किलो २०० ग्राम गाँजासहित दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन २३ गते दिउँसो करिब २ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गको चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
चितवनतर्फबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबहाक बसमा सवार रहेका दुई नाबालकलाई शंका लागेपछि खानतलासी गर्दा उनीहरूको झोलाभित्र लुकाइ–छिपाइ राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा ९ किलो २०० ग्राम रहेको छ प्रहरीले जनाएकाे छ ।
उक्त लागुऔषध बरामद गरी नाबालकहरूलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।




