बलात्कारको आरोपमा रास्वपाका नेता पक्राउ
AI Photo
सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी एक महिलालाई बलात्कार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापति पक्राउ परेका छन् ।
रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौँको वनस्थलीबाट पक्राउ गरेर सोलुखुम्बु लगेको हो ।
लिखुपिके-२ निवासी बस्नेतले २०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप छ । आफूविरुद्ध उजुरी परेपछि फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

