मकवानपुरमा करेन्ट लागेर एक युवककाे घटनास्थलमै मृत्यु

पालिका डायरी
२१ श्रावण २०८२, १९:३६
अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा /  करेन्ट लागेर एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ । आज बिहान करिब ९ बजेको समयमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६, जोगिताल पुछार टोलमा करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ।

मृत्यु हुनेमा चितवन जिल्ला, राप्ती नगरपालिका–१ निवासी अन्दाजी ३५ वर्षीय लाल ब. मोक्तान रहेको प्रहरीले पुष्टि गरेको छ। खेतमा जंगली जनावरबाट बाली सुरक्षित राख्नको लागि विद्युतीय तार प्रयोग गरेर करेन्ट लगाएकाे तारमा छुन गई करेन्ट लागेको र घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएकाे छ।

घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए र प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया