हेटौंडाबाट लागूऔषध सहित एक युवक पक्राउ

पालिका डायरी
२१ श्रावण २०८२, १९:२४
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

हेटौंडा /  मकवानपुर प्रहरीले लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–२, शान्तिटोल निवासी ३० वर्षीय आदेश लामालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार मंगलबार (हिजो) दिउँसो करिब ४ बजे लामालाई शंका लागि रीतपूर्वक खानतलासी गर्दा लागूऔषध खैरो हेरोइन १ ग्राम र ट्रामाडोलजस्तो देखिने धुलो पदार्थ २ ग्राम २० मिलिग्राम फेला परेको थियो।

प्रहरीले लामालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको छ। जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया