कांग्रेस बागमती संसदीय दलको नेता चयन प्रक्रिया सुरु, बानियाँले दिए उम्मेदवारी
नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।
मकवानपुरबाट निर्वाचित प्रदेश सांसद उनले आज बुधबार बिहान बागमती प्रदेश सभा भवन परिसरमा उम्मेदवारी दर्ता गराएका हुन्। सांसद याङ्किला शेर्पा समर्थक तथा कृष्णकुमार तामाङको प्रस्तावकमा बानियाले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेस बागमती संसदीय दलका तत्कालीन नेता बहादुर सिंह लामामाथि अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ दलको नेताका लागि निर्वाचन हुन लागेको हो।
कुल ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा नेपाली कांग्रेसको ३७ सिट रहेको छ। जसमा अविश्वासको प्रस्तावमा २२ सांसदले हस्ताक्षर गरेका थिए भने सांसद उभिएका थिए। आजै हुने मतदान प्रक्रियाको मतगणना पनि आजै सकिने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया



