बागमती प्रदेशमा मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त

पालिका डायरी
१४ श्रावण २०८२, १०:०२
बागमती प्रदेशमा मुख्यमन्त्री लामाले गरे तीन नयाँ मन्त्री नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनजना मन्त्री नियुक्ति गरेका छन् ।

कांग्रेस सांसद इन्द्रबहादुर बानियाँ समूहलाई सहयोग गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त तीन स्थानमा मुख्यमन्त्री लामाले नियुक्ति गरेका हुन् । बुधबार आज बिहान मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई नियुक्ति गरेका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा गीता गुरुङलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया