भीमफेदीमा डेढ दर्जन नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश
हेटौंडा / विभिन्न पार्टी परित्याग गरी भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा डेढ दर्जन नेता तथा कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भीमफेदी गाउँ कमिटीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, मकवानपुर जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौला, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज भगवती पुडासैनी, ठाकुरराम खड्का, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतका नेताहरूले नवप्रवेशीहरूलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिका कमिटीका उपाध्यक्ष तथा वडा नम्बर २ का वडाध्यक्ष कासिराम बज्यु, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा भीमफेदी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर पाण्डे, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष जहारसिंह लामा लगायतका नेता तथा कार्यक्रताहरूको उपस्थिति रहेको थियो ।



