हेटौंडामा कम्प्रेसर मेसिन पड्किँदा एक युवक घाइते
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको एक चिलिङ भ्याट फ्याक्ट्रीमा कम्प्रेसर मेसिन पड्किँदा एक जना युवक घाइते भएका छन्।
हेटौंडाको देविनगरमा रहेको चमेली चिलिङ भ्याट फ्याक्ट्री ( दूध तताउने भाँडा बनाउने उद्योग ) मा हिजो शुक्रबार ग्यास होल्डिङको काम भइरहेको बेला अचानक कम्प्रेसर मेसिन पड्किदा मिस्त्री नसिव महतो घाइते भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ ।
घाइते महतो सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–३ कोर्याही निवासी हुन् । करिब २१ वर्षिय महतोको दाहिने आँखामा, छाती, हात र खुट्टामा चोट लागेको बताइएको छ।
दुर्घटनापछि उनलाई तत्कालै हेटौंडा अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचार आवश्यक रहेको बताउँदै उनलाई काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरेका हुन्।
प्रतिक्रिया

