भालुको आक्रमणबाट एक व्यक्ति घाइते

पालिका डायरी
८ श्रावण २०८२, १२:१३
चितवनमा भालुको आक्रमण, एक महिला घाइते

हेटौंडा /  धादिङकाे मरमेलुङस्थित रुबिभ्यालि गाउँपालिका–१ मा एक व्यक्तिलाई भालुले आक्रमण गरेको छ। रुबिभ्यालि गाउँपालिका–१ लबदुङका अन्दाजी ४५ वर्षीय पोरे घलेलाई बाख्रा चराउन गएका बेला भालुले आक्रमण गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ ।

घले आफ्ना बाख्राहरू चराउनका लागि असार, साउन र भदौ महिनामा प्रयोग गरिने जंगलको अस्थायी गोठमा गएका थिए। त्यही क्रममा एक्कासि भालुले आक्रमण गर्दा उनको टाउको र बायाँ कानमा चोट लागेको छ।

अहिले उनकाे अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारका लागि  तिप्लिङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएकाे  छ।घटनाबारे थप विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया