धादिङको त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला धादिङ

पालिका डायरी
२४ असार २०८२, १७:१३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

धादिङ जिल्लाको त्रिशूली नदी किनारका दुई फरक स्थानमा दुई अज्ञात पुरुषको शव फेला परेका छन्। मृतकहरूको परिचय खुलेको छैन।

गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदीको किनारमा अन्दाजी ३५–३६ वर्ष उमेरको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसैगरी, गल्छी गाउँपालिका–२ केउरेनी टारस्थित सोही नदीको किनारमा अन्दाजी ३५–४० वर्ष उमेरको अर्को पुरुषको शव भेटिएको हो।

दुवै शव फेला परेको स्थानमा प्रहरीको टोली पुगेको छ र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। शवको पहिचान खुल्न बाँकी रहेको

प्रतिक्रिया