अपाङ्गता भएका तेत्तीस कृषक परिवारलाई उपमहानगरको सहयोग

पालिका डायरी
६ असार २०८२, १९:०९

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रको बिभिन्न वडामा बसोबास गर्दै आएका तेत्तीस अपाङ्गता भएको परिवारलाई कृषि व्यवसाय प्रवर्धनका लागि सहयोग गरेको छ ।

अपाङ्गताको क्षेत्रमा काम गरीरहेको अपाङ्गता सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र महुरी घार सहयोग गरेको हो । कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम अन्तरगत उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरीको घार र २ परिवारलाई बंगुर बितरण गरिएको सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।

व्यवसाय प्रर्वद्धन कार्यक्रममा नगर प्रमुख लामाले बिउँ पुजीको रुपमा उपमहानगरले सहयोग गरेको बताइन् । यसले व्यवसाय बिस्तारको लागि सहयोग पुग्ने भन्दै अब आफुलाई दिगो आय हुने गरी काम गर्न सुझाब दिइन् । बिउँलाई मास्ने होइन बिस्तार गर्दै लैजाने तर्फ लाग्न जरुरी रहेको उनले बताइन् । शारीरीक रुपमा अशक्त भएपनि घरमै रहेर दिगो आयआर्जनको पाटोमा जुटेकोमा खुशी व्यक्त गर्दै उपमहानगर सघै सहयोगीको भुमिकामा रहने बताइन् ।

कार्यक्रममा सरोकार केन्दैका अध्यक्ष दवाडीले कार्यक्रम १ नम्बर वडामा तय गरेपछि पछिल्लो पटन जनप्रतिनिधि माथि भएको आक्रमणको घटनाका कारण असुरक्षित महशुष गरेर ५ नम्बरको पिप्ले क्याम्पा रंगशाला सारेका बताए । उनले भने ‘केन्द्र जनप्रतिनिधी माथि भएको आक्रमणको घटनाको प्रति दुखः व्यक्त गर्दै दोषि माथि कारवाहिको माग गर्दछ ।’

उनिहरुले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा माहुरी घार र ४ वटा गोठ निर्माणका लागि अनुदान पाएका छन् । कृषि व्यवसायको सुधार गर्दै दिगो आर्यआर्जनमा जोडिन मद्दत गर्ने उद्देष्य अनुसार उपमहानगरले ५० प्रतिशत लागत व्यहोरेको छ ।

प्रतिक्रिया