जिल्ला मकवानपुरको राक्सिराङ गाउँपालिका–१ ढुंगेनस्थित बारीबाट प्रहरीले लुकाईछिपाई राखिएको अवस्थामा घरेलु हातहतियार र लागूऔषध बरामद गरेको छ ।
गत जेठ ३१ गते साँझ ७:३० बजेको समयमा प्रहरीले स्थानीय चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लास्टिकमा बेरी सेतो बोरामा लुकाएर राखिएको घरेलु कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र अफिम २ पोका १ किलो ४८० ग्राम फेला पारेको हो ।
राजु स्याङतानको घरबाट झण्डै ५०० मिटरको दुरीमा फेला परेको जनाइएको छ । हाल बरामद गरिएको हातहतियार र लागूऔषध नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

