ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति गम्भीर घाइते
भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका-५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया

