हेटौंडा / चितवनको रत्ननगर नगरपालिका-४ घोलखेतमा स्थित एक वृद्ध किसानमाथि गैडाको आक्रमणबाट घाइते भएका छन् ।
घाइते हुनेमा रत्ननगर नगरपालिका-४ का स्थानीय ७६ वर्षीय रामचन्द्र तिवारी रहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटाैंडाले जानकारी दिएकाे छ । साेमबार ( हिजाे ) तिवारी आफ्नै खेतमा धान टिप्न जाँदा गैडाले पछाडिबाट आक्रमण गरेको थियो।
प्रहरीका अनुसार, आक्रमण परी तिवारीको ढाडका दुई हड्डी भाँचिएको छ । घाइते तिवारीलाई उपचारका लागि सोही दिन भरतपुर सरकारी अस्पतालमा ल्याइएको प्रहरीले जनाएकाे छ ।