उम्लिएको पानीमा परी बालिकाको मृत्यु

पालिका डायरी
१० मंसिर २०८१, ११:२७
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

चितवनको राप्ती नगरपालिका-१ रानिबासमा उम्लिएको पानीमा परी एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रकाश घलानकी २ वर्ष ४ महिनाकी छोरी प्रिति घलान रहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ । बाख्राका लागि उमालिएको पानीमा परी गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

बिहान अस्पताल पुर्‍याइएकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी  जानकारी दिएका छन्।

प्रतिक्रिया