नौकिलोमा ट्रक दुर्घटना, मकवानपुरका २ जनाको मृत्यु

पालिका डायरी
१० मंसिर २०८१, ०७:३७

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको थियो ।

चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले बताए । उनका अनुसार मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल  रहेका छन् ।

घाइते दुई जनाको भरतपुरमा उपचार भइरहेको छ । घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया