सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

पालिका डायरी
९ मंसिर २०८१, १२:३४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

सिनामंगलस्थित एक होटलमा युवा युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको पाँच तले होटल जन्मभूमिको एउटै कोठामा ३४ वर्षीय रमेश माझी र अन्दाजी २६ वर्षीया एक महिला मृत फेला परेको प्रहरी वृत गौशालाले जनाएको छ ।

उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरीका अनुसार कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सलले दुबै जनाले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत गौशालाका अनुसार उनीहरू शनिबार पौने ७ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोलीसहित थप अनुसन्धानको लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट आएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया