भिरबाट लडेर १ जनाको मृत्यु

पालिका डायरी
३ मंसिर २०८१, १३:२८

सिलिचोङ-३ खड्बा खोलानजिकै रहेको तेवा भिरमा लडेर  राजन राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार  साथीहरूसँग भिरमा चढेर भिर मौरीको मह काढ्ने क्रममा आइतबार साँझ १ सय ५० मिटर अग्लो भिरबाट लडेर उनको मृत्यु भएको हो ।

त्यस्तै, मकालु गाउँपालिका-२ सेदुवा कास्वा हाइड्रोपावरको बाटोको ट्र्याक ओपन गर्ने क्रममा मकालु गाउँपालिका-२ सेदुवाका ३० वर्षीय सुरबिर राईको घटनास्थलमै मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले बताए । सोमबार बिहान एक्स्काभेटर अचानक बाटोबाट करिब १सय मिटरतल झरेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया