रानीवनबाट पेस्तोलसहित युवक पक्राउ
AI Photo
पेस्तोलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय अनिल खड्का रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
ती युवक पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । सोही सूचनाको आधामा प्रहरीले ती युवाको डेरामा खानतलास गर्दा प्रहरीले ‘अटो पिस्तल यूएसए ६५ नं १’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको हो ।
प्रहरी वृत्त स्यम्भुबाट प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया

