ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

पालिका डायरी
९ कार्तिक २०८१, ११:४५
accident

कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशिल बिकको मृत्यु भएको हो । बिहीवार साझ सु.प.प्र. ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए  ।

दुर्घटनामा मोटरसाइकल चालक बिक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएका उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक लम्कीचुहा नगरपालिका-४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया