सुनचाँदीको मूल्य घट्यो

पालिका डायरी
८ कार्तिक २०८१, ११:३५
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया