भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा, ३१ वर्षीय युवकको मृत्यु

पालिका डायरी
१ कार्तिक २०८१, १३:०५
accident

चितवन, भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।

साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया