ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय युवकको मृत्यु

पालिका डायरी
३० आश्विन २०८१, ११:१७
accident

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मंगलबार बेलुका भजनी नगरपालिका–७ चर्रास्थित हुलाकी सडक–खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २२ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते उनलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो । त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २२ वर्षीय डेबिट चौधरी घाइते छन् । उनकोे नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ।

ट्याकटर चालक भजनी नगरपालिका–७ का ५२ वर्षीय शिवकुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया