नुवाकोटमा हाइलक्स दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते
नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित काफलडाँडामा एउटा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
शनिबार काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका-९ का ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा निधन भएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा गाडीका चालक काठमाडौंको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल रहेका छन्।
प्रतिक्रिया

