बिहे गर्ने भनेर बोलाएर १९ वर्षीय युवतीलाई चार जनाले गरे बलात्कार, चारै युवक पक्राउ

पालिका डायरी
१८ आश्विन २०८१, १३:४९
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन् ।

बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।

१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।  किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चारजनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए ।

सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया