सुनचाँदीकै मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज पनि बढेको छ । हिजो (बुधबार) बढेको सुनको मूल्य आज थप बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार चाँदी पनि आज महँगिएको छ ।
आज प्रतितोला एक सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार ८ सय रुपैयाँ थियो ।
मंगलबार सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो । हिजो र आज दुवैदिन बढेपछि सुन फेरि उच्च बिन्दु नजिक पुगेको हो । यही असोज १३ गते सुनको मूल्य इतिहासकै सर्वाधिक महँगो भएको थियो । त्यतिबेला प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्यमा त्यसयता केही गिरावट आएको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य आज एक हजार नौसय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ३५ रुपैयाँ थियो ।
प्रतिक्रिया

