भीमफेदी-४ रानीखोलामा कपडा बैंकको स्थापना

पालिका डायरी
१६ आश्विन २०८१, १७:१७
भीमफेदी-४ रानीखोलामा कपडा बैंक स्थापना

हेटौ‌ंडा / भीमफेदी गाउँपालिकाको वडा नंबर ४ स्थित रानीखोलामा राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटिका अध्यक्ष बादल सिलवालको अगुवाइमा कपडा बैंक स्थापना गरिएको छ।

आज औपचारिक रूपमा सञ्चालनमा आएको यस कपडा बैंकको उद्घाटन वडा नंबर ४ का अध्यक्ष सागर पाण्डेको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष सिलवालले आफ्नो फेसबुक पेजमार्फत जारी गरेको अपीलमा भने, हालको यो विपद्को घडीमा हामीले कपडा बैंक स्थापना गरेका छौं। कृपया आफूसँग भएका अतिरिक्त लुगाहरू यहाँ ल्याएर सहयोग गर्नुहोस्। उनले थप जानकारी दिँदै भने आवश्यकता भएका व्यक्तिहरूले रानीखोला स्थित कपडा बैंकबाट लुगा प्राप्त गर्न सक्नेछन्।

यस कपडा बैंकले विपन्न तथा आवश्यकता पर्ने व्यक्तिहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै यसले स्थानीय स्तरमा सामाजिक एकता र सहयोगको भावना बढाउने विश्वास पनि गरिएको छ। स्थानीय नेतृत्व र समुदायको सक्रिय सहभागिताले सफल हुने आशा गरिएको छ।

प्रतिक्रिया