गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन–नारायणगढ सडक नखुल्ने
हेटौंडा / पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ ।
धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्रयाएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
पहिरो पन्छ्याउनका लागि सम्पूर्ण सुरक्षा निकायहरु लगिपरेको प्रहरी निरीक्षक सिलवालले बताए । यद्यपि, सडकमाथिबाट ठुलो पहिरो खसेको कारण आज रातभर पहिरो पन्छ्याउन सक्ने सम्भावना न्यून रहेको उनको भनाइ छ । सवारी चालकहरुलाई आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।
प्रतिक्रिया

