काठमाण्डौं प्रवेशको वैकल्पिक मार्ग: चित्लाङ-थानकोट सडक खुल्यो
file photo
हेटौंडा / काठमाण्डौं प्रवेश गर्ने अधिकांश नाकाहरू बन्द रहेको अवस्थामा चित्लाङ-चन्द्रागिरी-थानकोट सडक (गणेशमान सिंह मार्ग) मा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। अब हेटौंडा-पालुङ हुँदै चित्लाङबाट काठमाण्डौं आवतजावत गर्न सकिने भएको छ ।
आज (आइतबार) साँझबाट यातायात सेवा सुचारु भएको हो। यसअघि थानकोट तर्फको पानीघाट क्षेत्रमा गएको पहिरो र जमेको हिलो हटाइएको थियो। सडक खण्ड खोल्न थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका, सडक विभाग लगायतका निकायहरूले संयुक्त प्रयास गरेका थिए।
थाहा नगरपालिकाका स्थानीय बासिन्दाहरूले पनि यस कार्यमा सहयोग पुर्याएका थिए।
प्रतिक्रिया

