झ्याप्लेखोला अपडेटः फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावली)
धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ । हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो । आज थप १६ वटा शव फेला परेको हो । फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन् । यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।
त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ।
सनाखत भएका शनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो ।
आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो। ८ वटा शव बाहन उद्दारको लागि घटनास्थलतर्फ गएका छन्।

