झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए, सम्पर्कविहीन बसका यात्रु हुनसक्ने आशंका

पालिका डायरी
१३ आश्विन २०८१, १०:१६

धादिङको झ्याप्ले खोलामा आज (आइतबार) बिहान थप ३ शव फेला परेको छ । घटनास्थलमा सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरिरहेका छन् ।

ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यसैबीच असोज ११ गते बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि प्रस्थान गरेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन भएको छ ।

११ गते राति १० बजे खानिखोलासम्म सम्पर्क भएको त्यसपछि कोही कसैसँग सम्पर्क नभएको कम्पनीले जनाएको छ । तर आजसम्म पनि केही पत्ता नलागेकाले खोजीका लागि सम्बन्धित सबैमा दरौदी यतायात प्रालिले जनाएको छ ।
यसैबीच धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस फेला परेको छ। त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ । तर पुष्टि गर्न बाँकी छ ।
प्रतिक्रिया