काभ्रेमा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १० पुग्यो, १३ बेपत्ता

पालिका डायरी
१२ आश्विन २०८१, १७:१२
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा १० जनाको मृत्यु भएको छ । शनिबार अपरान्हसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ३ महिला, ३ पुरुष, ३ बालक र १ बालिका गरी १० जनाको मृत्यु भएको हो ।

त्यस्तै, बाढी पहिरोमा परेर १६ जना घाइते भएको प्रहरीले विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म १३ जना बेपत्ता भइरहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरीले १६ जनाको उद्धार गरिसकेको छ। काभ्रेको धुलिखेल, बनेपा पनौती, नमोबुद्ध नगरपालिका, तेमाल, बेथानचोक र भुम्लु गाउँपालिकाको विवरण प्रहरीले सार्वजनिक गरेको हो ।

देशभर वर्षाका कारणले जनजीवन कष्टकर बनेको छ।

प्रतिक्रिया