कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

पालिका डायरी
३० पुष २०७८, १८:३७
कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने file photo

कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन्।

उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन्।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो।

प्रतिक्रिया