नख्खु खोलाले बगाएका ४ मध्ये ३ जनाको उद्धार, १ जना अझै बेपत्ता
ललितपुरको नख्खु खोलाले बगाएर बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार भएको छ ।
ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए । त्यसमध्ये तीनजनाको उद्धार गरेर अहिले पाटन अस्पतालमा उपचारका लागि पुर्याइएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
एसएसपी खनालका अनुसार, बेपत्ता भएका ४ मध्ये १ जना अझै बेपत्ता छन् । बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । उद्धार हुन नपाउँदै उनीहरूलाई बाढीले बगाएको थियो।
प्रतिक्रिया

