सिमलतालबाट ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालक सम्पर्कविहीन
चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।
ना ६ ख ६२८३ नम्बरकोे ट्रक आइतबार (आज) बिहान सिमलतालबाट त्रिशुलीमा खसेको हो । आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रकमा भेटिएको चलानी अनुसार बाराको सिमराबाट खानेतेल लिएर काठमाडौँ गरेको ट्रक त्रिशूलीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।
रिजालका अनुसार चलानी मा रहेको मोबाइल नम्बरमा फोन भने लागेको छैन । ट्रकका चालक र सहचालक पनि नभेटिएका प्रहरी जनाएको छ । यद्यपि, ट्रकमा चालकबाहेक अन्य को को थिए र उनीहरुको अवस्था कस्तो छ भन्ने बिषयमा अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।
घटनाबारे थप बिबरण प्राप्त हुन बाँकी रहेको डीएसपी रिजालले जानकारी दिए । ट्रकको पूरै भाग त्रिशूलीमा नडुबेका कारण कागजात फेला पार्न सकिएको प्रहरीले जनाएको छ।
सोही स्थानमा गत असार २८ मा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता बसमा सवार झण्डै ३५ जनाको अवस्था अझै अज्ञात छ ।

