शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता २ जना अझै भेटिएनन्

पालिका डायरी
२३ भाद्र २०८१, १०:५७
palika diary

चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।

भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।’

प्रतिक्रिया