हत्याको अभियोगमा ६५ वर्षीय लाल बहादुर पक्राउ

पालिका डायरी
१६ भाद्र २०८१, १२:११
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

नुवाकोट / नुवाकोटको मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई झै-झगडा हुँदा लाल बहादुरले ढुङ्गा प्रहार गर्दा चमारको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया