बसामाडी जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रमको समापन
हेटौंडा / बसामाडी जेसीजले सप्ताहव्यापी कार्यक्रमको पुरस्कार वितरण तथा समापन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ।
बसामाडी जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत खाद्यान्न वितरण, वृक्षारोपण, साइबर सेक्युरिटी तालिम, जेसी विद्यार्थी फुटसल, यौन तथा प्रजनन स्वास्थ्य र लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम हेटौंडाको विभिन्न ठाउँमा गरेको थियो। बसामाडी जेसीजका २०२४ का अध्यक्ष उद्धव राज कठायतको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसी अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जेसी अनिल अग्रवाल, कार्यक्रम संयोजक रामकृष्ण शिवाकोटी, बसामाडी जेसीजका २०२४ का उपाध्यक्ष अभुदय खनाल, प्रमोद उप्रेती, मूल कार्यक्रम संयोजक तथा २०२४ कार्यकारी उपाध्यक्ष दीपेन्द्र यादव लगायतको आतिथ्यता रहेको थियो।
प्रतिक्रिया

