हेटौंडामा खुकुरी प्रहार: एक घाइते, आरोपी प्रहरी नियन्त्रणमा
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ।
शुक्रबार बिरगंज बस काउन्टर नजिक हेटौंडा–१३ पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जा र हेटौंडा–१ चाईना क्वाटरका ७१ वर्षीय प्रेम बहादुर कार्कीबीच सामान्य वादविवाद भएको थियो। विवाद चर्किएपछि गोम्जाले कार्कीमाथि खुकुरी प्रहार गरेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।
उक्त घटनामा कार्कीको दायाँ कानमा गहिरो चोट लागेको छ। घाइते कार्कीलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज रिफर गरिएको र कार्कीको अवस्था मध्यम रहेको प्रहरीले बताइएको छ।
घटनाका आरोपी अर्जुन गोम्जालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया


