करेन्ट लागेर एकैदिन ३ जनाको मृत्यु
करेन्ट लागेर सिराहामा एकैदिन तीन जनाको मृत्यु भएको छ।
लक्षमीपुर पतारीमा दुई जना र नवराजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार लक्ष्मीपुर पतारी गाउँपालिका-५ खरुकियसहीका ४५ वर्षिय इसा अन्सारी र ५५ वर्षिय पुलकित मण्डलको खेत सिंचाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार खेतमा सिंचाइको लागि मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर अन्सारीको घटनास्थमै मृत्यु भएको थियो। मण्डलको भने नाङ्गो तार छुने क्रममा करेन्ट लागेर मृत्यु भएको जनाएको छ।
शनिबार नै नवराजपुर गाउँपालिका ४ मा विद्युत मोटरको तार जोडने क्रममा नाङगो तार छुँदा करेन्ट लागेर २८ वर्षिय पशुपति शर्माको पनि मृत्यु भएको छ।
गम्भीर घाइते उनलाई नवराजपुर आधारभुत अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
तीनै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रदेशिक अस्पताल राखिएको छ।


