मकवानपुरमा भैंसीले हान्दा बाघको मृत्यु

पालिका डायरी
६ भाद्र २०८१, ०८:३२

हेटौंडा । मकवानपुरमा भैंसीले हान्दा बाघको मृत्यु भएको छ।

बिहीवार (आज) बिहान ३ बजेतिरको समयमा मनहरी गाउँपालिका ६ प्रतापपुरका बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो ।

जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीलाई बाघले आक्रमण गर्ने क्रममा भैंसीले बाघलाई हान्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोठमा रहेको भैंसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामामन्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघ लगायत जंगली जनावरकोे आक्रमणले बेला÷बेलामा क्षति हुने गरेको छ ।

 

प्रतिक्रिया