गैँडाको आक्रमणबाट ९० वर्षीय वृद्धाको मृत्यु
पूर्वी नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट ९० बर्षकी एक वृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१० रतवलकी जगरीमाया महतोलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको हो ।
कृष्णसार मध्यवती सामुदायिक वनमा भेडा चराउने क्रममा गैँडाको आक्रमणबाट घाइते भएकी महतोको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेद बहादुर पौडेलले बताए ।
जिल्लाको मध्यबर्ती क्षेत्रमा जंगली जनावर बस्तीमा पस्ने, खेतीबाली नोक्सान गर्ने र मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएको भन्दै चितवन राष्ट्रय निकुञ्जले ७ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थान्तरण गरिसकेको छ ।
प्रतिक्रिया


