पर्सा राष्ट्रिय निकुञ्जको खोरमा ५ महिनामै मरे ३ वटा बाघ
पाँच महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बयस्क बाघ मरेका छन् ।
तर, निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले पाँच महिनायता मरेका तीनवटै बाघ गम्भीर घाइते भएकाले उपचार गर्दा पनि नबाँचेका बताए। ‘घाइते बाघ मर्नु ठूलो विषय होइन,’ खतिवडाले भने, ‘ती सबै बाघ बाँच्न नसक्ने घाइते अवस्थामा थिए । उपचार गर्दा पनि बाँचेनन् । यसलाई निकुञ्जको लापरबाही भन्न मिल्दैन।’
तीन दिनअघि मरेको बाघ गएको असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाइते अवस्थामा फेला परेको थियो । त्यो बाघ चितवनमा राख्ने ठाउँ नभएपछि पर्सा राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेर राखिएको थियो ।
अहिले तीनवटै बाघ मरेपछि पर्सा निकुञ्जको खोर रित्तो भएको छ।
प्रतिक्रिया


