नागढुंगा–सिस्नेखोला सुरुङ खन्न ६ मिटर मात्र बाँकी, केही दिनभित्रै ब्रेक थ्रुु गरिने

पालिका डायरी
१७ चैत्र २०८०, १३:२२
नागढुंगा–सिस्नेखोला सुरुङ खन्न ६ मिटर मात्र बाँकी, केही दिनभित्रै ब्रेक थ्रुु गरिने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको कामअन्तिम चरणमा पुगेको छ।

अब ६ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको हुँदा अबको केही दिनभित्रै ुब्रेक थ्रुु गर्ने तयारी छ। स्थानीयहरूले केही समय अघि विभिन्न माग राख्दै काम रोकेका थिए तर सरकारसँग भएको सहमतिपछि काम पुनः शुरु भएको हो।

यो सुरुङ बनेपछि मुख्य सडकको दूरी साढे ७ किलोमिटर छोटिनेछ र नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ। २२ अर्ब रुपैयाँको लागतमा बन्दै गरेको यस सुरुङमा नेपालको ६ अर्ब रुपैयाँ लगानी छ भने बाँकी रकम जापानको ऋण सहायता हो।

 

प्रतिक्रिया