काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु
काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।
प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १ बालिका, २ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ।तर मृतक सबै गाेरखाका भएको प्रहरीको भनाइ छ।
मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलाेमिटरअगाडि दुर्घटनामा परेकाे हो।
दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
प्रतिक्रिया


