आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
हेटौंडा / नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ हेटौंडा उपमहानगरपालिका कार्यसमितिको आयोजनामा आज हेटौंडामा १ दिने अगुवा, कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महासंघ नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा महासंघ नगर अध्यक्ष शान्ति स्याङ्वो लोप्चनको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस पार्टीका मकवानपुर जिल्ला सभापति बुद्ध लामा को प्रमुख आतिथ्यता रहेको थियो ।
महासंघका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख जगत बरामले प्रशिक्षण दिएको थिए । कार्यक्रममा १९ वटै वडा प्रतिनिधिहरूको सहभागिता रहेको नगर सचिव गोपाल लामाले जानकारी दिए ।
प्रतिक्रिया


