३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न

पालिका डायरी
८ चैत्र २०८०, १७:१८
३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न

जी न्याैपाने

 

हेटौंडा / हेटौंडामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई दिइएको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १० र ११ नम्बर वडाका ५५ जना सहभागी थिए । 

टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष , सचिव ,कोषाध्यक्षहरूका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो । टोल विकास समन्वय समिति नगर अध्यक्ष धुर्ब अधिकारीको सभाध्यक्षतामा भएको तालिममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । 

हेटौंडा ११ को सामुदायिक  प्रहरी सेवा केन्द्रको भवनमा भएको तालिम उद्घाटनमा हेटौंडा ११ नम्बरको वडाध्यक्ष जुना दाहाल , टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल , उपमहासचिव  देवकुमार श्रेष्ठ  टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य  लगायतको आतिथ्यता रहेको थियो । तालिममा शिवहरी दाहाल , देवकुमार श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया