असल नियतका साथ काम गर्न कर्मचारीलाई बालेनको निर्देशन

पालिका डायरी
४ चैत्र २०८०, २०:३९
कर्मचारीलाई बालेनको निर्देशन : असल नियत राखेर काम गरे कसैसँग डराउनु पर्दैन

काठमाडौँ  / काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले असल नियतका साथ काम गर्न कर्मचारीहरूलाई दिर्नेशन दिएका छन्।

आइतबार विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताए।

त्यसक्रममा उनले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

प्रतिक्रिया