थाहा नगरपालिकामा महिला मृत फेला
हेटौंडा / थाहा नगरपालिका वडा नम्बर १० मा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्गखेल बस्ने ज्ञानीमाया गमाल रहेकी छिन् । उनको घरको ढोका बन्द रहेको हुनाले स्थानीयवासीहरूले ढोका ढक्ढकाउँदा ढोका नखुलेपछि स्थानीयवासीहरूको रोहबरमा ढोका खोलेर हेर्दा अन्दाजी ५० वर्षीया ज्ञानीमाया गमाल खाटमा सुतिरहेकी अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
शव पोस्टमार्टमकाे लागि त्रिचन्द्र शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया


