भीमफेदी गाउँपालिकाको पाँच दिने न्यायिक अवलोकन भ्रमण सम्पन्न, भ्रमण उपलब्धीपूर्ण : उपाध्यक्ष श्रेष्ठ
हेटौंडा / भीमफेदी गाउँपालिकाको न्यायिक समिति र स्थानीय मेलमिलाप कर्ताको अनुभव आदानप्रदानको उदेश्यले पाैष ५ देखि पाैष ९ गते सम्म पाँच दिने भ्रमण सम्पन्न भएको छ ।अन्तर्पालिकाहरुसङ्ग मेलमिलापका प्रक्रिया र कार्यविधि कस्तो बनेको छ भन्ने बारेमा भीमफेदी गाउँपालिकाले मेलमिलाप कर्ताहरूलाई समेटिएर अवलोकन भ्रमणको आयोजना गरिएको भीमफेदी गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सन्जिव श्रेष्ठले बताए ।
उनले स्थानीय स्तरमा उब्जिएको र मेलमिलाप केन्द्रले मिलाउन मिल्ने स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारमा टेकेर मेलमिलाप कर्तालाई अझ मेलमिलाप गराउन सजिलो होस भन्ने मुख्य भ्रमणको उद्देश्य रहेको उपाध्यक्ष श्रेष्ठले बताए उपाध्यक्ष श्रेष्ठले भीमफेदी गाउँपालिकाको न्यायिक समितिको व्यवस्थापनमा भएको अवलोकन भ्रमणमा महानगरपालिका उपमहानगरपालिका गाउँपालिका गरि आधा दर्जन स्थानीय पालिकाको अवलोकन गरिएको बताए ।

भ्रमणमा पोखरा, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत र लुम्बिनी सम्मको ऐतिहासिक तथा धार्मिक मठमन्दिरको पनि अवलोकन गरिएको थियो भ्रमणमा भीमफेदी गाउँपालिका वडा नम्बर ५ का वाडा अध्यक्ष जहार सिङ्ग लामा, ६ नम्बर कार्यवाहक वडा अध्यक्ष सोम बहादुर लामा, न्यायिक समिति सदस्य उदय प्रसाद हटवाल, न्यायिक सहज कर्ता कल्पना दुलाल, योजना शाखाका प्रमुख बद्री सापकोटा र गाउँपालिकाको विषयगत शाखाका कर्मचारीहरू नौ वटै वडाका दुई / दुई जना मेलमिलाप कर्तागरी ३५ जना सहभागि रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।



